पिथौरागढ । सुदुरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले नेपाल भारतको लोकसाहित्य र इतिहास साझा रहेको बताएका छन् ।
शनिबार भारतको पीथौरागढमा आयोजीत भारत — नेपाल अन्तराष्ट्रिय काव्योत्सवमा बोल्दै उनले दुबै देशको लोकसाहित्य र इतिहास साझा रहेको बताएका हुन्
। ‘हाम्रा गाथा, फाग, सगुन मेला तथा देवता समान छन।’ रावलले भने ‘दुबै देशका लेखकहरुले साझा मञ्च बनाइ इतिहास र साहित्यको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता छ ।’ उनले नेपाल र भारत वर्तमान राजनितिक सीमाका आधारमा दुई देश स्वतन्त्र भएपनि यी दुवै देशको इतिहास एक अर्का बिना अधुरो रहेको बताए। ‘तत्कालीन डोटी राज्य, कत्युराराज्य को इतिहास र संस्कृति एउटै रहेको छ।’ उनले भने, ‘हाम्रो लोकसाहित्यमा यहाँको इतिहास साझा छ ।’ शनिवार देखि सुरु भएको काव्योत्सबमा नेपाली साहित्यकारका तीन कृति विमोचन समेत गरिएको छ।
कार्यकमका प्रमुख अतिथि रहेका सुदुरपश्चिम प्रदेशका निवर्तमान मुख्य मन्त्री राजेन्द्र सिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कविता संग्रह एकलव्यको देशमा, कवि गणेश नेपालीको गजल संग्रह एकलव्य र गीतकार कृष्ण सिंह पेलाको मुक्तक संग्रह फूलको प्रहार विमोचन गरेका गरेका हुन्।
सोही कार्यक्रममा महेन्द्रनगर बाट प्रकाशित हुने स्थानीय भाषाको साहित्यिक पत्रिका गुगुल्गडीको लोकार्पण गरिएको थियो।त्यसैगरि कार्यकमका संयोजक डा । पिताम्बर अवस्थीले साहित्यिक कार्यक्रमले दुई देशको सम्बन्ध प्रगाढ बनाउन टेवा पुगेको बताए। ‘हाम्रा सास्कृतिक परम्पराहरुले दुई देशको सम्बन्ध थप बलियो बनाएको छ।’ उनले भने, ‘सयौँ वर्ष पुरानो रोटीबेटीको सम्बन्ध अहिले पनि उस्तै रहेको छ।’ उनले समय समयमा हुने दुई देश बीचका साहित्यिक कार्यक्रमले एकताको सन्देश दिएको बताए।
कार्यक्रममा नेपाल भारतका साहित्यकारहरुले कविता, गजल लगायत विभिन्न रचनाहरू प्रस्तुत गरेका थिए ।
.gif)