डडेलधुरा । डडेल्धुराको परशुराम नगरपालिका व्यवस्थित बनिरहेको छ । सडक विस्तारसँगै भित्री मधेसको सदरमुकामसमेत रहेको पर्शुराम नगरपालिकाको लालढुङ्गा बजारलाई सौन्दर्य र व्यवस्थापन गरी व्यवस्थित सहर बनाउन लागिएको हो ।
व्यवस्थित परशुराम अभियानका साथ लालढुङ्गा बजार विस्तार तथा सौन्दर्यीकरण गर्न थालिएपछि भित्री मधेस क्षेत्रको आकर्षण र महत्त्व रहेको नगरपालिका व्यवस्थित सहर बनिरहेको हो । परशुराम नगरपालिका व्यवस्थित तथा सुन्दर बनाउने अभियानअन्तर्गत सडक विस्तार र कालोपत्रे, ढल निकास, सडक सञ्जालीकरण, सिसी क्यामेरा जडान, पैदल मार्ग निर्माण, सडकबत्ती जडानलगायत सहर सौन्दर्यीकरण गर्न थालिएको परशुरामका नगरप्रमुख भरत जोशीले जानकारी दिए ।
डडेल्धुरा जिल्लाको भित्री मधेसमा रहेको जिल्लाकै ठुलो नगरपालिका परशुरामले व्यवस्थित तथा सुन्दर पालिका बनाउने अभियानअन्तर्गत पहिलो चरणमा पालिका सदरमुकाम लालढुङ्गा बजारमा सडक विस्तारको कार्य अघि बढाएको छ ।
पालिकाले सौन्दर्य र आकर्षक सडक बनाउन पहल सुरु गरी व्यवस्थित पालिका बनाउने अभियानका लागि सहरी विकास आयोजनाअन्तर्गत करिब रु ४० करोडको ठेक्का पारित गराई सडक चौडा बनाउन सुरु भएको छ । सो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पनि समयमै तोकिएको गुणस्तरमा काम सम्पन्न गर्ने गरी योजनाबद्धरुपमा कामको सुरुवात गरेको नगरप्रमुख जोशीले जानकारी दिए ।
सडकबत्ती, सिसी क्यामरा जडान, बगैँचा र उद्यान, फूलबारी निर्माण, पैदल मार्ग निर्माण, अन्य धार्मिक गन्तव्यसँग जोड्ने काम पनि व्यवस्थित गरिने नगरपालिकाले जनाएको छ । भित्री मधेस क्षेत्रमा रहेका धार्मिक स्थल र पर्यटकीय गन्तव्य बनाउनका लागि बजार र यस क्षेत्रलाई नै व्यवस्थित गरी लैजान लागिएको परशुराम नगरपालिकाले जनाएको छ । परशुरामधाम, आलिताल, महाकाली नदी यसक्षेत्रका प्रमुख गन्तव्य हुन् । भने पुन्तुरा नदी, रगुनदी, धार्मिक मन्दिर र अन्य आकर्षकस्थलसमेत व्यवस्थित गरी नगरपालिकामा धार्मिक पर्यटक र अन्य मानिसका सुविधाका लागि व्यवस्थित बसोबासको आवश्यकता रहेको ।
पहिलो चरणमा लालढुङ्गा बजार, द्वारिका चोक, त्रिवेणी क्याम्पस हुँदै सिमलखेत जाने बाटोको पुन्तुरा नदीसम्म व्यवस्थित तथा पक्की सडक सञ्जाल बनाउने काम सुरू भएको छ । यो काम तोकिएको गुणस्तरमा सम्भवतः वैशाखभित्रै सम्पन्न हुने विश्वास लिएको नगरप्रमुख जोशीले बताए।
.gif)