आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा करेन्ट लागेर ५१ वर्षीय पुरुषको मृत्यु


पश्चिम प्रेस
सोमबार, पुस ९ २०८०
  • 547
    Shares

  • images
    images
    डडेल्धुरामा करेन्ट लागेर  ५१ वर्षीय पुरुषको मृत्यु

    डडेल्धुरा । डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

    जिल्लाको गन्यापधुरा गाउँपालिका—३ सकायल बस्ने ५१ वर्षीय मकर बहादुर शाहीको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । शाही आफ्नै घर नजिक रहेको साजको रुखमा घाँस काट्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागि रुखबाट खसेर गम्भीर घाइते भएका थिए ।

    घाइते भएका उनलाई डडेल्धुरा अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर पुरुषको मृत्यु
  • प्रतिक्रिया दिनुहोस