महेन्द्रनगर । कञ्चनपुरबाट लागू औषधसहित कैलालीका एक युवक पक्राउ गरेका छन् ।
जिल्लाको बेलौरी नगरपालिका—६ नकैयाबाट ०.३४ ग्राम लागू औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ सहित कैलालीका एक युवक सोमबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका—३ मिलनचोक बस्ने २५ वर्षीय पुष्कर चौधरी रहेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा चौधरीलाई उक्त पदार्थसहित फेला पारेको र आवश्यक प्रक्रिया पुरा गरी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
.gif)