सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा बाक्लो हुस्सु


पश्चिम प्रेस
शुक्रबार, पुस १३ २०८०
  • 653
    Shares

  • images
    images
    कञ्चनपुरमा बाक्लो हुस्सु

    महेन्द्रनगर । कञ्चनपुरमा आज बाक्लो हुस्सु लागेको छ । यो वर्ष पुस दोस्रो साताबाट कुहिरो लाग्न सुरु भएको हो ।  

    यसअघिसम्म यहाँको मौसम सफा रहेको थियो । बिहानैबाट घाम लाग्दा जाडो यामजस्तो महसुस हुन सकेको थिएन । आज बाक्लो कुहिरो लागेपछि चिसो बढेको महसुस भएको छ । 

    मौसम सम्बन्धी जानकार व्यक्तीहरुका अनुसार भारतको हरियाणादेखि उत्तरप्रदेशसहित नेपालको पश्चिम तराईमा बाक्लो हुस्सु लागेको छ । दिउँसोतिर खुल्दै जाने भए पनि आगामी केही दिन बिहान, साँझ हुस्सु लाग्ने र तराईमा चिसो हुने उनिहरुको भनाइ छ । 

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको आज बिहानको बुलेटिनअनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ । 


  • सम्बन्धित विषय:

  • # हुस्सु
  • प्रतिक्रिया दिनुहोस