महेन्द्रनगर । कञ्चनपुरमा साढे दुई लाख मूल्य बढीका अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका—१० बाट ९४ हजार १ सय ४० र सोही नगरपालिका—६ बाट १ लाख ६० हजार ४ सय मूल्यका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका—१० बाट ९४ हजार १ सय ४० मूल्य बराबरका चिनि, मिश्रि, तेल, सोडा, नरिवल, विभिन्न हार्डवेयरलगायतका सामान बरामद गरिएको हो । भीमदत्त—६ बाट १ लाख ६० हजार ४ सय मूल्य बराबरका भाँडावर्तन, जुत्ता चप्पल, डोर स्प्रिङ हेल्मेट, कफन कपडा, बल, किलिप बोर्ड, विवाह कार्ड, फोटो पेपर लगायतका अवैध सामान बरामद गरिएको हो ।
शुक्रवार साँझ प्रहरी गस्ती टोलीले उल्लेखित सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । उक्त भन्सार छलीको सामान भन्सार कार्यालय गड्डाचौकी पठाइने प्रहरीले जनाएको छ।
.gif)