दार्चुला । विद्युतको तार सर्ट भई दार्चुलाको एक घरमा आगलागी भएको छ ।
जिल्लाको नौगाड गाउँपालिका—६ धुलिगडा मझगाँउ स्थित जय सिंह धामीको घरमा आगलागी भएको हो । धामीको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ६ कोठे घरमा बिजुलीको तार सर्ट भई सोमबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा जली नष्ट भएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
.gif)