आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

महाकाली नदीको हरिहर स्नान घाटमा मकरमेला र महोत्सव


पश्चिम प्रेस
शनिबार, पुस २१ २०८०
  • 562
    Shares

  • images
    images
    महाकाली नदीको हरिहर स्नान घाटमा मकरमेला र महोत्सव

    महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीको ओदाली ऐरीस्थित हरिहर स्नान घाटमा मकरमेला तथा धार्मिक पर्यटन महोत्सव आयोजना गरिने भएको छ । वैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिले मेला तथा महोत्सवको आयोजना गर्न लागेको हो ।
     
    मेलाका लागि प्रचारप्रसार सुरु गरिएको छ । मेला आयोजक समितिका सदस्य कृष्णसिंह देउवाका अनुसार मेला पुस २२ गतेदेखि फागुन २५ गतेसम्म लाग्नेछ । धार्मिक पर्यटनलाई बढावा दिन मेला आयोजना गर्न लागिएको उनले बताए ।
     
    “पुस २२ गते धर्मध्वज पुजन गरी मेलाको प्रारम्भ गरिनेछ”, मेला सम्पर्क समितिका संयोजक नरबहादुर साउदले भने, “पुस २८ गतेदेखि माघ १ गतेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, त्यसपछि नरहरि सङ्क्रान्तिका दिन महास्नान, कुम्भ स्नानको कार्यक्रम फागुन १ गते राखिएको छ ।”
      
    वसन्तपञ्चमीका दिन महास्नान, माघपूर्णिमा माघ स्नानपूर्ति, महाशिवरात्रिमा विशेष स्नानको कार्यक्रम राखिएको छ । गङ्गा दशहराका दिन वैजनाथ सिद्धनाथ मन्दिरमा धाम पूजाको मुख्य पर्वका रुपमा मनाइने कार्यक्रम तय गरिएको साउदको भनाइ छ ।
     
    धार्मिक मान्यताअनुसार महाकाली नदीलाई पवित्र नदीका रुपमा लिइन्छ । नदीमा मकरसङ्क्रान्तिका बेला वर्षौं पहिलेदेखि भक्तजनले स्नान गर्दै आएका छन् । यस नदीमा स्नान गरे सबै पापकर्म हटेर जाने जनविश्वास रहेको छ ।


  • सम्बन्धित विषय:

  • # हरिहर स्नान घाट
  • प्रतिक्रिया दिनुहोस