आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

मौलिक कला र संस्कृति संरक्षणमा जोड


पश्चिम प्रेस
मंगलबार, वैशाख १८ २०८१
  • 1.1K
    Shares

  • images
    images
    मौलिक कला र संस्कृति संरक्षणमा जोड
     महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश विविध मौलिक कला संस्कृतिको भण्डारका रुपमा परिचित छ । तराईका थारु आदिवासीदेखि पहाडका खसआर्य, ब्यासी, भोटेसम्म प्रत्येक समुदायका आफ्ना मौलिक कलासंस्कृति, संस्कार र परम्परा छन् । 
     
    सरकाररले लोक कला र संस्कृति संरक्षणका लागि ठोस काम हुन सकेको छैन । पछिल्ला दशकमा सुदूरपश्चिमको लोक कला र संस्कृतिमा पश्चिममा संस्कृतिको आक्रमण बढेको छ । यहाँको देउडा गीत, छलिया नाच, पुतला नाच, रानाथारु र थारु समुदायका सखिया, होरी, भूवो, गौरा, हुड्केली लगायतका दर्जनौँ संस्कृतिले सिगारिएको छ ।  पछिल्ला दशकमा हाम्रो मौलिक कला संस्कृतिमाथि अतिक्रमण भइरहेकोप्रति संस्कृतिविद् तथा संस्कृतिकर्मीहरु चिन्तित बनेका छन । आधुनिकता र कलासंस्कृतिमा फ्युजनका नाममा भित्रिरहेको विकृतिले मौलिकता हराउँदै गएको संस्कृतिकर्मीहरु बताउँछन् । “पछिल्लो समय आधुनिकतामा नाममा मौलिकता मासिँदै गएको छ ।” लोक साहित्यका जानकार कविराज भट्टले भने, “हाम्रो मौलिक संस्कृतिमा यहाँको इतिहास छ त्यसकारण लोक संस्कृतिको जर्गेना गर्न जरुरी छ ।”
     
    यहाँको संस्कृति संरक्षणका लागि स्थानीय र प्रदेश सरकारले जोड दिनुपर्छ । उनले नयाँ पुस्ता आधुनिकतामा रमाउन थालेको र मौलिक कलासंस्कृतिमा आधुनिकताका नाममा विकृति मिसिन थालेकाल लोक संस्कृतिको पुस्तान्तरणमा अवरोध भएको बताए। लोक कला र संस्कृतिको संरक्षणमा अझ पनि ध्यान नदिने हो भने पूरै मौलिक संस्कृति इतिहासको गर्भमा हराउने यहाँका छलिया कलाकार मोहन औजीले बताए। 
     
    “हामी मरेर गयो भने हामी संगै यो संस्कृति र परम्पराको अन्त्य हुन्छ ।” उनले भने,“लोक कलाको पुस्तान्तरण र संरक्षण हुन जरुरी छ ।” उनले आफुले थुप्रै पटक भारतको विभिन्न स्थानमा गएर छलिया नृत्य देखाएको बताउँदै यहाँको स्थानीय सरकारबाट कला संस्कृतिको जर्गेनातर्फ ध्यान पुग्न नसकेको बताए। यनको लोक संस्कृति संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको भए पनि प्रज्ञा प्रतिष्ठानको ऐनमै समस्या रहेको साहित्यकारहरु बताउँछन् । “श्रष्टाहरुबाट नै प्रज्ञा प्रतिष्ठानको कुलपति हुने व्यवस्था हुनुपर्छ ।” साहित्यकार जगदिश ओझाले भने, “यहाँका सम्पूर्ण श्रष्टाहरुलाई समेटेर यहाँको कला संस्कृति संरक्षण गर्न पहल गर्नुपर्छ ।”
     
    प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशी सुदूरपश्चिमको भाषा, साहित्य तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना भएको बताए। उनले प्रज्ञा प्रतिष्ठानले उद्देश्य अनुरुप काम गर्ने योजना बनाएको जानकारी दिए। “प्रज्ञा प्रतिष्ठानको उद्देश्यअनुसार नै सुदूरका नौ वटै जिल्लामा रहेका सबै समुदायका कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गर्दै आएका छौँ ।” उनले भने, “संस्कृति संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानले प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न लागेको छ ।” उनले प्रतिष्ठानले लोक नृत्य प्रतियोगिता हालै सम्पन्न गरेको बताए। 


  • सम्बन्धित विषय:

  • # संस्कृति संरक्षण
  • प्रतिक्रिया दिनुहोस