महेन्द्रनगर । नेपाली लेखक संघ कञ्चनपुरले १११ औं बीपी जयन्तीको अवसरमा रचना वाचन, विमर्श एवं स्रष्टा–सम्मान समारोह २०८१’ गरेको छ ।
सोमबार नेपाली लेखक संघ कञ्चनपुरले भाउपन्थी (तिलक प्रसाद शर्मा), भवानी दत्त चटौत शास्त्री ‘भूषण’, कृष्णदत्त चटौत ‘कान्त’, काशीदत्त भट्ट शास्त्री, दीननाथ बराल ‘ममनिरधि/निर्मल’, ऋषिराज लुम्साली, वीर बहादुर चन्द ‘विश्राम’, डा. टेक राज पन्त र नारा जोशी गरी ९ जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् ।
नेपाली लेखक संघ कञ्चनपुरका अध्यक्ष श्याम सुन्दर ढकालको अध्यक्षता र नेपाल सरकारका पूर्व राज्य मन्त्री चन्द्रसिंह भट्टराईको प्रमुख अतिथीमा कार्यक्रम भएको सम्पन्न भएको हो ।
नेपाली लेखक संघ कञ्चनपुरका अध्यक्ष ढकालले आगामी समयमा साहित्य एवं विविध क्षेत्रका अन्य महानुभावलाई समेत सम्मानित गर्ने कार्यलाई निरन्तरता दिइने बताएका छन् । सम्मानित स्रष्टाहरूका तर्फबाट डा. टेकराज पन्त, भवानीदत्त चटौत भूषण, काशीदत्त भट्ट शास्त्रीले मन्तव्य राखेका थिए
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी नेपाली साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, प्रगतिशिल लेखक संघका प्रदेश अध्यक्ष रमेश पन्त, जगदिश ओझा, लगायतको उपस्थिति रहेको थियो ।
.gif)