आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

महाशिवरात्री पर्वसँग जोडिएको शिकारीको कथा


पश्चिम प्रेस
मंगलबार, फागुन १७ २०७८
  • 1.2K
    Shares

  • images
    images
    महाशिवरात्री पर्वसँग जोडिएको शिकारीको कथा

    महेन्द्रनगर । हिन्दुधर्म सम्प्रदायका विविध पर्व वा ब्रतहरुमा महाशिवरात्री एक प्रमुख पर्व हो । फाल्गुन कृष्ण चतुर्दशीमा पर्ने यो पर्वको सुरुवातका सन्दर्भमा पुराणहरुमा विभिन्न घटना, कथा तथा प्रसङ्गहरु उल्लेख गरिएको पाइन्छ । कसैले भगवान शिवको जन्मदिनका रुपमा शिवरात्री मनाइने गरिएको भन्नदछन् तर भगवान शिवको जन्म भएको शास्त्रमा कुनै पनि प्रमाण पाइदैन । यो सृष्टिका सर्जक बह्मा र पालनकर्ता विष्णु समेत ॐकारमय शिवशक्तिबाट जन्मिएको भन्ने कथा शिवपुराणमा पाइन्छ । यसकारण शिवको जन्मदिन शिवरात्री हो भन्ने कुराको कुनै पनि तुक छैन । यसै गरी भगवान शिव र पार्वतीको विवाह उत्सव यही चतुर्दशीका दिन भएको र त्यसै दिनलाई हरेक वर्ष उत्सवका रुपमा मान्दै आएको भन्ने कुरा पनि प्रचलित छ ।

    त्यसैगरी फाल्गुनकै कृष्ण चतुर्दशीमा समुद्रमन्थनबाट निस्केको विष संसारमा फैलिनबाट जोगाउन जगत कल्याणको भगवान शिवले पान गरेको हुनाले पनि यस दिनलाई हरेक वर्ष शिवरात्रीका रुपमा मनाउने गरेको भन्ने गरिन्छ । यसै गरी शिव पुराणमा एउटा गरिब शिकारीको कथा पनि यस पर्वसँग जोडिएको पाइन्छ । घरमा खाने अन्न नहुँदा एउटा शिकारी आफ्ना परिवारजनको भोक मिटाउनका लागि वनमा शिकार खेल्न गएको थियो । भोक र प्यासले व्याकुल शिकारीले एउटा तलाउबाट जल भरेर नजिकैको रुखमा गइ बस्यो उक्त रुखमुनी एउटा शिवलिङ्ग पातहरुले ढाकिएको थियो  ।

    उक्त लिङ्गलाई शिकारीले देखेको थिएन । रुखमा चढेको शिकारीले  परबाट एउटा हिरणी जलपान गर्न आइरहेको देख्यो । शिकारीले उक्त हिरणलाई मार्न खोज्दा जलपात्रबाट पानी पोखिएर शिवलिङ्गमा पर्यो । हिरणलाई मार्न खोज्दा हिरणले शिकारीसँग अनुनय विनय गर्यो मेरा बच्चाहरु भोकै छन् म तिनलाई खानको बन्दोबस्त गरी बच्चाहरुलाई पतिको जिम्मा लगाएर आउँछु पछि मलाई मार्नुहोला भनि बाँचा बोलेर गइन । त्यसैगरी बिहानदेखि बेलुकासम्म त्यहाँ मृगहरु आउँदै पछि आउने बाँचा गर्दै गइरहे । शिकारीले ती हिरणहरुलाई मार्न खोज्दा पानी पोखिदै शिवलिङ्गमा पर्दै गर्ने भयो ।

    त्यो दिनको चारै पहरमा शिवलिङ्गमा पानीको अभिशेष भएको हुनाले भगवान शिव प्रसन्न भएर उक्त शिकारीलाई सुखऐश्वर्यको बरदान दिएको र त्यही दिनदेखि शिवरात्रीको सुरुवात भएको विभिनन कथाहरु पनि यसमा आउने गर्दछन् । यसरी जुनसुकै घटना वा कारणबाट भए पनि फाल्गुन महिनाको शिव चतुर्दशीलाई हिन्दु सम्प्रदायमा विशेष महत्वका साथ मनाइने गरिन्छ ।


    प्रतिक्रिया दिनुहोस