आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

चन्द्रयान ३ र ज्योतीषिय दृष्टिकोण


सोमबार, साउन ८ २०८०
  • 1.5K
    Shares

  • images
    images
    चन्द्रयान ३ र ज्योतीषिय  दृष्टिकोण

         

    Capture.PNG

     (त्रिखठ, एकादशे पापग्रह सर्वे अरिष्ठ नासन्तु ( मानसागरी )
         भारतको महत्वाकांक्षी प्रोजेक्ट चन्द्रयान ३  चौध जुलाई २०२३ का दिन २।३५ मध्यान्न आन्ध्रप्रदेश भारतवाट उडान गरेको छ। तत्कालीन समय,स्थान र अक्षांश देशान्तर मध्यनजर गरी आकाश मण्डलका ग्रह हरुको गति अवस्था र समीकरण लाई अध्यन गर्दा ज्योतिषीय दृष्टिले निम्न वमोजिम अनुमान गर्न सकिन्छ।
           ग्रहहरुको गति, समय र समीकरण हेर्दा ज्योतीषिय परामर्श लिई उडान भरेको देखिन्छ । धेरै दृष्टि वाट शुभ साइत पारेको देखीन्छ ।चन्द्रमा रोहिणी नक्षत्रमा, स्थीर लग्न वृश्चिक प्रयोग गरिएको छ। लग्नेश मंगल मित्रगुही भएर कर्म   स्थानमा सम ग्रह शुक्र संग योग वनाए्र अवस्थित छ। त्यस्तै नवम स्थानमा शत्रुगृही वुध, सुर्य अष्ठम  स्थानमा,चन्द्रमा उच्च भई सप्तम स्थानमा,वृहस्पती र राहुले षष्ठम स्थानमा गुरु चण्डाल योग वनाएको अवस्था छ। स्वगृही शनीले चतुर्थ स्थानमा शश नामक पञ्चमहापुरुष राजयोग वनाएको छ ।त्यस्तै केतु शूक्रको राशी तुलामा व्यय स्थानमा रहेको छ ।
           लग्नेश मंगल दशम भएर मित्रगुही भएकाले कूलदीपक योग वनाए पनि सो अप को कारक ग्रह शुक्र संग युति वनाएकाले विशूद्घ वैज्ञानीक परीक्षण मात्रै नभई लकजरी परस्पेक्टिभ पनि अन्तरघुलन भएको देख्रीन्छ । त्यस्तै शत्रु र प्रतिस्पर्धी स्थानमा गूरु चाण्डाल योग हुनुले परीक्षण र प्रदर्शन दुवै को रुपमा आएको देखाउछ ।व्यय स्थानको केतुले वजेट र खर्च अनुमान भन्दा केही वढन सक्छ। लग्नेश माथी वृहस्पतीको दृष्टि हुनुले प्रोजेक्टको सफलता सहजै अनुमान गर्न सकिन्छ। 
        अन्तमा, परराष्ट मामिलामा प्राय विवादमा आइरहने भारतको चन्द्रयान ३ वाट  सकारात्मक शिक्षा पनि लिन सकिन्छ ।समस्याको मात्रै व्याख्या गरेर समस्या समाधान हुदैन। स्ट्राटेजिक परस्पेक्टिभ कूटनैतिक सीपका अभावमा देशले गूणात्मक विकास गर्न सक्दैन। भौतिक विज्ञान, स्ट्राटेजिक परस्पेक्टिभ र ज्योतीषीय दृष्टिकोण तीनवटैको एकिकृत अभ्यासले  विश्व वन्धुत्व ,मानवता र विकास लाई सम्भव वनाउन सक्छ भन्ने लेखकको फिलोसफिकल पोजिसन रहेको छ।
                                          अस्तु


  • सम्बन्धित विषय:

  • # ज्योतीषिय दृष्टिकोण


  • प्रतिक्रिया दिनुहोस