अगस्ती, काराइना तारामण्डलको सर्वाधिक चम्किलो तारा हो जुन सूर्य भन्दा झण्डै ७१ गुणा ठुलो र १३६०० गुणा चम्किलो छ। यो पृथ्वीबाट धेरै टाढा हुनाले मात्र सानो देखिएको हो र ताप पनि कम अनुभव भएको हो । प्रकाशले एक सेकेन्डमा तीन लाख किलोमिटरको दूरी पार गर्छ। प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई एक प्रकाश वर्ष भनिन्छ। अगस्ती पृथ्वीबाट ३१० प्रकाश वर्ष टाढा छ भने हामी अनुमान लगाउन सक्छौं यो कति टाढा छ भनेर।
धेरै जनाले यो तारालाई अगस्ती ऋषी नै ठान्छन् तर पृथ्वी भन्दा झण्डै ७७३९ गुणा ठुलो यो ताराको खोज भने अगस्ती ऋषीले गरेका हुन। संस्कृत विद्वानमा सबै भन्दा पहिले यो ताराको अध्ययन गर्ने अगस्ती नै हुन। अगस्ती ऋषीको विद्युत उत्पादन सिद्धान्त, धातुमा जलप लगाउने सिद्धान्त र हाइड्रोजनयुक्त बेलुन हवाइ जहाजमा काम लाग्छ भन्ने परिकल्पना हेर्दा आजको विज्ञान पनि अगस्ती नामका अगाडि फिक्का लाग्छ।
संस्थाप्य मृण्मये पात्रे ताम्रपत्रं सुसंस्कृतम्।छादयेच्छिखिग्रीवेन चार्दाभि: काष्ठापांसुभि:॥
दस्तालोष्टो निधात्वय: पारदाच्छादितस्तत:।संयोगाज्जायते तेजो मित्रावरुणसंज्ञितम्॥........
यवक्षारमयोधानौ सुशक्तजलसन्निधो॥
आच्छादयति तत्ताम्रंस्वर्णेन रजतेन वा।
सुवर्णलिप्तं तत्ताम्रंशातकुंभमिति स्मृतम्॥
अगस्तीले खोज गरेका र अगस्तीझैं सागर सोस्ने गुण भएकाले यस तारालाई अगस्ती भनिएको हो। अगस्तीलाई चिनियाँहरु दक्षिण ध्रुवको बूढो मान्छे भन्दथे भने जापानी, कोरियन र भियतनामी यसलाई आयु र भाग्यको देवता मान्दछन्।ब्राजिलको त राष्ट्रिय झण्डामैं यो तारा छ ।
राजा मेनेलसकी रानी हेलेनलाई राजकुमार पेरिसले अपहरण गरी लगेपछि छुटाउने युद्धको क्रममा मेनेलसको जहाजका कप्तान कुशल योद्धा क्यानोपसको सर्प टोकाइबाट मृत्यु भएपछि उनको सम्मानमा भाषण दिने वेला आकाशमा अगस्ती तारा देखिएपछि राजाले त्यो सुन्दर चम्किलो ताराको नाम नै क्यानोपस राखिदिएकोले अँग्रेजीमा यसको नाम क्यानोपस रहेको भनाइ छ ।
अगस्ती उदय:
गुरु, मंगल,शनिको भोग्यांश सूर्यको भोग्यांश भन्दा केही बढी भएमा पश्चिममा अस्त हुन्छन् । भोग्यांश अधिक भए पूर्वमा उदय हुन्छन् । बक्री शुक्र र बुधको हकमा पनि त्यही नियम लागू हुन्छ। मार्गि बुध र शुक्र तीब्र गतिका कारण सूर्य भन्दा केही अगाडि बढेमा पश्चिमास्त हुन्छन् । गुरू र शुक्र उदयको तीन दिनसम्म वा पूर्ण रुपमा अस्त हुनुभन्दा तीन दिन अघिसम्म स्पष्ट देखिदैनन् ।स्पष्ट नदेखिएको अवस्थामा अस्त सरह नै मानेर सो अवस्थामा उदयास्तको दोष मानिन्छ। ताराहरु सूर्यको नजिक पुग्दा ज्योति देखित्र र अस्त मानिन्छन् सूर्य टाढा जाँदा (सूर्योदय अघि र सूर्यास्तपछि) देखिन्छन् र यदय मानिन्छ।
अभिजित,स्वाती,श्रवण, धनिष्टा र उत्तराभाद्रा जस्ता तारा उत्तरतिर हुनाले कहिले अस्त हुदैनन् तर अगस्ती तारा अधिक दक्षिण हुनाले पृथ्वीको ३७ डिग्री १८ मिनट उत्तरी आक्षंशमाथिका भूभागमा(टर्कीको नम्रुंट पहाड बाहेक) कहिले देखित्र भने ३७ डिग्री १८ मिनट दक्षिणका भूभागमा सधैं रातभर देखिन्छ ।अगस्ती पूर्वमा उदय हुने र पश्चिममा अस्त हुने होइन । कक्ष भ्रमण क्रममा पृथ्वी यस्तो मार्गमा पुग्छ कि पृथ्वीको अर्को भागले छेकिएर कुनै भूभागमा देखिदैन र त्यो अवस्थामा अस्त मानिन्छ। पृथ्वीको अर्को भागले नछेकिने हो भने स्पष्ट देखिन्छ। त्यसैले उदय भयो भने सोही समयदेखि स्पष्ट देखिन्छ। फेरि ग्रहणको जस्तो सूतक लाग्ने वा अगस्ती उदयपछि अशुभ हुने होइन। अगस्ती उदयपछि तापक्रम बढ्छ,वर्षा ऋतुको कारण प्रदुषित जल शुद्ध हुनथाल्छ,रोगकारक विषाक्त हावा शुद्ध हुन्छ। त्यसैले अगस्तीप्रति कृतज्ञता व्यक्त गर्न अगस्त्योदयको स्वागत गरिन्छ।यो कुरा विज्ञानले पनि भन्छ शास्त्रले पनि। विज्ञान अनुसार सूर्य र अगस्तीको संयुक्त तापले वर्षाद्वारा अनियन्त्रित रुपमा बढेको दक्षिणतिरको पानी वास्पिकरण हुन्छ। विचार गर्नुहोला वनपाखाको हरियो घाँस अगस्त्योदयपछि कसरी सुक्नथाल्छ र खर बन्छ। दुर्वाष्टमी ब्रतमा धेरै जनमास एकै ठाउँमा जम्मा हुने हँदा अगस्त्योदयपछि अचानक बढेको तापक्रमले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने हुनाले पनि अगस्त्योदयपछि गौराष्टमी नमनाउन भनिएको हुन सक्छ।नत्र दशैं,तिहार,होली लगायतका पर्व अगस्त्योदयपछि नै मनाइन्छन्। अगस्तीलाई यज्ञ ब्रतादि धर्मकर्मको साक्षीको रुपमा समेत लिइन्छ
वैदिक शास्त्रीय आधारमा हेर्ने हो भने अगस्ती तारा उदयपछि पृथ्वीमा जल निर्मल हुन्छ। अगस्तीको किरणले पृथ्वीको जल निर्मल हुन्छ।
नागफणाद्वारा विषक्त जल समेत अगस्त्योदयपछि शुद्ध हुन्छः
अतः अगस्त्योदयको सूतक÷प्रसव दोष लाग्छ भत्रे कुरा न त कुनै शास्त्रममा लेखिएको छ न विज्ञानले प्रमाणित गरेको छ।
अगस्त्योदय कहिले हुन्छ?फरक फरक मिति र समय किन देखाउछन् ?
नेपालमा प्रकाशित अधिकांश पञ्चाङ्ग सूर्य सिद्धान्तमा आधारित छन् । सूर्य सिद्धान्तले सूर्य, ग्रह र उपग्रहादिको व्यास अर्धव्यासको आधारमा गणित गणना गर्दछ।
कासी क्षेत्रबाट प्रकाशित हुने पञ्चाङ्ग ग्रहलाघव सिद्धान्तमा आधारित छन् । ग्रहलाघव मूल गणित हो यसले सूर्य चन्द ग्रहादिको उदयास्तको आधारमा पञ्चाङ्ग गणना गर्दछ।
दिल्ली क्षेत्रका पञ्चाङ्ग र अनलाइन पञ्चाङ्ग दृगणितमा आधारित छन्।जसले आकाशमा नक्षत्रादि देखिएपछि मात्र उदय मान्छ। यस्ता पञ्चाङ्गले खगोलीय डेटाबाट ग्रह तारादिको स्थिति लिन्छन्। खंडखाद्यमत र मकरान्त विधि पनि प्रयोगमा छन् ।
यी सबै गणितका आफ्ना आफ्ना विधि छन्। यी बाटा मात्र हुन गनतब्य एकै हो। उदयास्तको सन्दर्भमा पनि केही घण्टा फरक पर्न सक्छ ।गणित गन्नेको शुद्धता र सूत्रको अपव्याख्या/बुझाइ हुनु भएन ।
अगस्त्योदय सम्बन्धी केही प्रचलित मुख्य सिद्धान्त:
(१)नेपालमा सबैले मानेको सिद्धान्त शारणी पुस्तकमा दिइएको सूत्र अनुसार:
|
स्थान |
अक्षांश |
पलभा |
अगस्ती स्पष्ट उदयांश |
सूर्य गति |
भोग्यांश |
अगस्त्योदय समय |
|
कैलाली |
२८.६८ |
६।३४ |
४।२१।१३ |
०.९७०५५६ |
०.९५०६५० |
२३ भाद्र, ०५:१६ |
|
कञ्चनपुर |
२८.९५ |
६।३७ |
४।२१।४६ |
०.९७१३८९ |
०.५२५७४८ |
२३ भाद्र, १८:४० |
|
डोटी |
२९.२६ |
६।४३ |
४।२२।२५ |
०.९७१९४४ |
०.२०५९८५ |
२४ भाद्र, १०:४७ |
|
डडेल्धुरा |
२९.३० |
६।४४ |
४।२२।३० |
०.९७१९४४ |
०.२७४८११ |
२४ भाद्र, १२:१२ |
|
अछाम |
२९.१३ |
६।४१ |
४।२२।९ |
०.९७१३८९ |
०.९०२५१६ |
२४ भाद्र, ०४:०३ |
|
बाजुरा |
२९.४५ |
६।४६ |
४।२२।४८ |
०.९७१९४४ |
०.५८५०८८ |
२४ भाद्र, १९:१२ |
|
बझाङ |
२९.५५ |
६।४८ |
४।२३।१ |
०.९७१९४४ |
०.७९२४४८ |
२५ भाद्र, ००:१९ |
|
बैतडी |
२९.५५ |
६।४८ |
४।२३।१ |
०.९७१९४४ |
०.७९२४४८ |
२५ भाद्र, ००:१९ |
|
दार्चुला |
२९.८५ |
६।५२ |
४।२३।३८ |
०.९७२२२२ |
०.४४५०६१ |
२५ भाद्र, १६:४५ |
|
लिपुलेक |
३०.४६ |
७।३ |
४।२४।५५ |
०.९७३०५६ |
०.७५४४५३ |
२७ भाद्र, ००:२३ |
(२) ग्रहलाघव मुल गणित:
हलाघवको उपरोक्त सूत्रानुसार सुदूरपश्चिममा भाद्र २९ पूर्व अगस्त्योदय हुदैन।
(३)सूर्य सिद्धान्त:
सूर्य सिद्धान्तमा आधारित भास्वती पुस्तकको उपरोक्त सूत्र अनुसार कैलालीमा सूर्य ४।२७।५८ मा, डोटीमा ४।२८।१६मा,बझाङ/बैतडीमा ४।२९।६ मा र दार्चुलामा ४।२९।२१ मा प्रवेश गर्दा अगस्त्योदय हुन्छ।
(४)दृग्गणित अनुसार सुदूरपश्चिममा भाद्र ३० मा अगस्त्योदय हुन्छ भनिएको छ।
शास्त्रानुसार:
सूर्य हस्त नक्षत्रमा गएपछि अगस्ती उदय हुन्छ भनेर यस श्लोकले भन्छ।
भविष्य पुराण अध्याय ११८,मत्स्य पुराण अध्याय६१, पद्म पुराण आदिमा लेखिएको सूर्य सिंहको २३ अंशमा प्रवेश गरेपछि अगस्त्योदय हुन्छ भन्ने कुरा हरेक ठाउँको नभई औशत हो।
विभिन्न सिद्धान्तका सूत्र जस्ताका त्यस्तै पुस्तककै फोटो लिएर यहाँ राखेको छु।गणित गणनामा हुनसक्ने मानवीय र उपकरणगत् त्रुटीलाई पूर्ण रुपमा निरस्त गर्न एक्सेलमा सूत्र स्थापितगरी हिसाव गरेको छु।
कुनै सिद्धान्तबाट पनि सुदूरपश्चिममा २३गतेपछि नै अगस्त्योदय हुन्छ र काठमाडौंमा पनि २० गते अगस्त्योदय हुदैन।२० गते नै अगस्त्योदय हुन्छ भन्ने ज्योतिष महोदयले कुन सूत्रबाट अगस्त्योदय साधन गर्नुहुन्छ सो सूत्र सप्रमाण जान्नपाए हुन्थ्यो। अगस्त्योदय सम्बन्धी आधारहीन कुरागरी जनमानसलाई भ्रममा राख्नु राम्रो होइन।
.gif)