मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

सर्पदंशको जटिल उपचार,महाकाली अस्पतालमा यसरी भयो सम्भव


पश्चिम प्रेस
सोमबार, साउन ७ २०८१
  • 914
    Shares

  • images
    images
    सर्पदंशको जटिल उपचार,महाकाली अस्पतालमा यसरी भयो सम्भव

    महेन्द्रनगर । चार दिन अघि कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित बडैपुरकी १० वर्षिया बालीका पुजा दमाइलाई सर्पले टोक्यो । सर्पले टोकेको थाहा पाएपछि राती ३ बजे नै उनको उपचारको लागि महाकाली अस्पतालमा ल्याइयो ।

    अस्पतालको आकस्मीक कक्षमा पुग्दा मेडिकल अधिकृत प्रतिक लेखक डीउटीमा थिए । “अस्पताल पुग्दा पेट दुखेको र आखा झुम्म भएको अवस्था थियो ।” मेडिकल अधिकृत लेखले भने–“हामीले हेर्दा उनको घाटीमा सर्पले टोकेको भेटियो ।” अस्पतालका बालिकाका अभिभावकले मोबाइलमा सर्पको फोटो देखाए । त्यसपछि उनलाई  विषालु सर्प(करेत)ले उनको घाटीको टोकेको थाहा भयो । “करेत सर्पले टोकेको सिरिसय नै हुन्छ झन घाटीमा टोकेको त जटिल नै मानिन्छ ।” लेखकले भने–“त्यसपछि मैले तुरुन्तै अन डिउटी डक्टरलाई खबर गरे ।” विशेषज्ञ चिकित्सकहरुले उनको अवस्था बुझेर भेन्टिलेटरमा राख्ने निर्णय गरे ।

     भेन्टिलेटरमा राख्दा समेत उनको अवस्था जटिल बन्दै गएको थियो । त्यसपछि उनलाई आइसियुमा राखेर उपचार गरियो । “उनको रिपार्ट हेर्दा जटिल नै थियो ।” मेडिकल अधिकृत लेखकले भने–“तेस्रो दिन मात्रै अलि ठिक अवस्था देखियो ।”  चारदिन पछि मात्रै पुजाको अवस्था ठिक भएको अहिले उनको महाकाली प्रादेशीक अस्पतालको वार्डमा थप उपचा।र चलिरहेको छ । हालसम्म अस्पतालले १५ जना सर्पदंशका विरामीको सफल उपचार गरिसकेको छ । विषालुसर्पले टोकेका जटिल प्रकारका उपचार समेत अस्पतालले सफलता पूर्वक सम्पन्न गरेको छ ।


    प्रतिक्रिया दिनुहोस