आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

पुनर्वासमा मुक्त हलियाका घर प्रयोग विहीन


पश्चिम प्रेस
बुधबार, फागुन २५ २०७८
  • 576
    Shares

  • images
    images
    पुनर्वासमा मुक्त हलियाका घर प्रयोग विहीन

    महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा मुक्त हलियाका लागी निर्माण गरिएका आवास गृह प्रयोग विहिन बनेका छन् ।  सरकारले रोजगारी तथा कुनै सिपमूलक कार्यक्रम नदिदा वडा नम्बर ९ ख गाउँका ३० घर प्रयोग विहिन बनेका हुन् ।

    कमाएर खाने जग्गा जमिन टाढा भएकाले ३० परिवार रोजगारीको सिलसिलमा भारत गएका स्थानिय चन्द्र सुनारले बनाइन् । उनले भनिन्–“ मुक्त हलियाका लागी बनाएका ४२ घर मध्ये केही मात्रै बसेका छन् पुरै क्षेत्र सुनसान बनेको छ ।” जग्गा नहुदा आफु पाँच जनाको परिवार दैनिक मजदुरी गर्न जाने र साझँ सो भवनमा बस्दै आएकी उनले बताइन् । तर  अन्य परिवारले भने रोजगारी नहुदा घरमा बस्न छाडेका उनले बताइन् । 

    सरकारले आवास मात्रै हैनसमस्या हेरी रोजगारी तथा कुनै सिपमूलक कार्यक्रमको व्यवस्था गरिदिनु पर्ने मुक्त हलियाहरुको माग छ । 
    पुनर्वासमा मुक्त हलिया सुरक्षित आवास कार्यक्रम अन्तर्गत वि.स. २०७७ सालमा निर्माण सम्पन्न गरि  मुक्त हलिया बस्तीका निर्माण गरिएको थियो ।  ख गाउँमा अवस्थित उक्त हलिया बस्तीमा निर्माण भएका ४२ घर मध्ये धेरै रोजगारीको सिलसिलमा भारत गएकाले वस्ती रित्तो भएको वडा अध्यक्ष नारायण प्रशाद जैशीले जनाए । उनले भने,–“रोजगारीका लागी भारत भएका भन्ने बुझिएको छ, कोही २–३ वर्ष पछि पनी फर्किएर आउँछन् ।”


  • सम्बन्धित विषय:

  • # मुक्त हलिया
  • प्रतिक्रिया दिनुहोस