सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

पाटन नयाँ शहर घोषणाको एक दशक बित्यो,अझै सुरु भएन काम


पश्चिम प्रेस
बिहीबार , फागुन २६ २०७८
  • 806
    Shares

  • images
    images
    पाटन नयाँ शहर घोषणाको एक दशक बित्यो,अझै सुरु भएन काम

    महेन्द्रनगर । सरकारले बैतडीको पाटनलाई नमुना शहर बनाउने घोषणा गरेको एक दशक बितेको छ । २०६८ सालमा मध्यपहाडी लोकमार्ग अन्तर्गत दशओटा शहरलाई नमूना शहरको रुपमा विकसित गर्ने निर्णय गरेको थियो । पाटनलाई आधुनिक शहरका सुविधा सहित व्यवस्थित शहर बनाउने योजना रहेको भएपनि नयाँ शहरको काम ले गति लिन सकेको छैन । 

    नयाँ शहर बनाउने घोषणा भएपनि यसको कामलाई अघि बढाउनका लागि थोरै बजेट आउने गरेको पाटन नयाँ शहर आयोजनाले जनाएको छ ।नयाँ सहर आयोजना अन्तर्गत डोबरा,भट्टाड लगायतको ठाउँमा जग्गा एकीकरण गरी बस्ती विकासका कामलाई अघि बढाउने योजना छ । सरकारले जग्गा एकीकरण सडक निर्माण लगायतका काम गरेर फेरी स्थानीयहरुलाई फिर्ता गर्ने भएपनि जग्गा एकीकरणमा सहमति जुट्न सकेको छैन । पाटन नयाँ शहर अन्तर्गतका रिंगरोड, कर्भड हल निर्माण, बसपार्क निर्माण, ढल निकास, कोल्डस्टोर निर्माण, खानेपानी योजना लगायतका कामहरु भने अघि बढेको आयोजनाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # पाटन नयाँ शहर
  • प्रतिक्रिया दिनुहोस