बिहीबार , कात्तिक ६ गते २०८३ || Oct 22, 2026
  • यो साता चर्चामा :

महाकाली अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष भट्टले गरे पदभार ग्रहण


पश्चिम प्रेस
बिहीबार , चैत १० २०७८
  • 720
    Shares

  • images
    images
    महाकाली अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष भट्टले गरे पदभार ग्रहण

    महेन्द्रनगर । महाकाली प्रादेशीक अस्पतालमा ६ सदस्यीय व्यवस्थापन समिती चयन गरिएको छ । यसअघि सुदूरपश्चिम प्रदेश सरकारको १२८ औं मन्त्रीपरिषद् बैठकले महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितीको अध्यक्षमा एकिकृत समाजवादीका कृष्णानन्द भट्टलाई चयन गरेको थियो ।

    अस्पतालले भट्टको अध्यक्षतामा नेकपा माओवादी केन्द्रबाट तिन जना सदस्य र नेकपा एकिकृत समाजवादीबाट २ सदस्य गरी ५ जना सदस्य नियुक्त गरेको छ । 

    नेकपा माओवादी केन्द्रबाट कविराज धामी, विरेन्द्र बिष्ट र निरु कामी पदेन सदस्य चयन भएका छन् । एकीकृत समाजवादीबाट हिरामान श्रेष्ठ र सितादेवी डगौरा पदेन सदस्य चयन भएका छन् । बिहिबार समितीका पदाधीकारीहरुलाई एककार्यक्रमका बिच स्वागत गरिएको हो ।

    स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले अस्पतालमा देखिएका बेथीति र औषधीको समस्या समाधान गरिने प्रतिबद्धता जनाए । उनले आज नै पदभार ग्रहण समेत गरेका हुन् ।


    प्रतिक्रिया दिनुहोस