महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले यही चैत २५ देखि ३० गतेसम्म टाइफाइड खोप अभियान सञ्चालन गर्ने भएको छ । नेपालमा अझैपनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये देखिएपछि यसको निदानका लागि खोप अभियान सुरु गरिन लागेको हो । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा लगाईने छ भने त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने छ । बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले नगरका ४८ विद्यालयका खोप केन्द्रबाट खोप लगाइने बताए । यो अभियान मार्फत ९५ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिइएको छ ।
.gif)