मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

वर्षाका कारण क्षति ब्यहोरेका किसानलाई राहत दिन राष्ट्रपतिको आग्रह


पश्चिम प्रेस
बिहीबार , कात्तिक ४ २०७८
  • 813
    Shares

  • images
    images
    वर्षाका कारण क्षति ब्यहोरेका किसानलाई राहत दिन राष्ट्रपतिको आग्रह

    काठमाडौं । अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति मार्फत राष्ट्रपति भण्डारीले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् ।
    यस्तै राष्ट्रपति भण्डारीले सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह समेत गरेकी छन् ।


    प्रतिक्रिया दिनुहोस