महेन्द्रनगर । गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाले कञ्चनपुरमा धानबालीलगायत कृषि क्षेत्रमा ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भयो । किसानले भित्र्याउ ठिक्क राखेको बेला धान खेतीलगायतमा भएको क्षतिले किसान निकै पीडित भए । सरकारले तत्काल किसानलाई राहत दिने घोषणा पनि ग¥यो । त्यसैअनुसार जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण संकलन गरेर पठायो।
यसअनुसार कञ्चनपुर जिल्लाबाट राहत वितरणका लागि झन्डै ६० करोड रुपैयाँ माग गरियोे । तर सरकारले १० करोड मात्रै पठायो । सरकारले पठाएको १० करोड पनि किसानले पाएका छैनन । जिल्लामा राहत वितरणका लागि १० करोड आएको ४ महिना बितिसक्दा समेत उक्त राहत रकम किसानको हातमा परेको छैन ।
बेदकोट नगरपालिकाका विष्णु दत्त पन्तले सरकारले क्षतिको विवरण सरकारलाई अहिले सम्म राहत रकम नआएको बताए । ‘सरकारले माग गरे बमोजिम कागजात र बैंक खाता नम्बर दिएका हौं ।’ उनले भने(‘१० करोड बजेट आएको छ भनेर ४ महिना अघि सुनेको हामीले अहिलेसम्म पाएका छैनौ ।’सरकारले क्षतिका आधारमा साना किसान (१० कट्ठासम्म) लाई क्षतिको ६५ प्रतिशत, मध्यम किसान (३ बिघासम्म) लाई ३० र ठूला किसान (३ बिघाभन्दा बढी) लाई २० प्रतिशत राहत उपलब्ध गराउने घोषणा गरेको थियोरु। त्यसै अनुसार जिल्लाका सबै पालिकाबाट विवरण संकलन गरेर राहतका लागि आवश्यक रकम मागिएको थियोरु। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले नेपाल सरकारले तोकेको मापदण्डको आधारमा कागजि प्रक्रिया मिलाएर किसानहरुलाई राहत उपलब्ध गराउने बताए ।
‘सम्बन्धीत पालिकाबाट आवश्यक विवरण आएको छैन सरकारको मापदण्ड अनुसार किसानको लालपूर्जा हुनुपर्ने सम्बन्धीत किसानको खाता खोल्नुपर्ने हुन्छ ।’ उनले भने(‘त्यो पालिकाहरुबाट आएको छैन हामीले स्थानीयतहहरुलाई पठाउन आग्रह गरेका छौ ।’ उनले उक्त राहत वितरणका लागि रकम निर्धारण समिति बनेको र उक्त समितिले सिफारिस गरेको आधारमा राहत पाउने बताए । प्रमुख जिल्ला अधिकारी पाण्डेयले जिल्लाभरीबाट ३३ हजार किसानले राहत माग गरेको बताए । उनले राहत रकम असार ३० गतेसम्म मात्रै निकासा हुने बताए ।
क्षतीपूर्तीका लागि भीमदत्त नगरपालिकाबाट ६ हजार ३४६,बेदकोट नगरपालिकाबाट ४ हजार ६९६,शुक्लाफाँटा नगरपालिकाबाट ६ हजार २८३,कृष्णपुर नगरपालिकाबाट ४ हजार ५१०,बैलौरी नगरपालिकाबाट ३ हजार २५४,पुर्नवास नगरपालिकाबाट,२ हजार ४६१,दोधारा चादनी नगरपालिकाबाट ६ सय २७,लालझाडी गाउँपालिकाबाट ३ हजार ४३३,बेल्डाडी गाउँपालिकाबाट १ हजार ५९५ कृषकहरुले आवेदन दिएका थिए । कञ्चनपुरमा धान, तोरी, आलु, तरकारी, केरा र उखु खेतीमा बेमौसमी वर्षाले क्षति पु¥याएको थियो ।
सबैभन्दा बढी धान खेतीमा ३५ प्रतिशत क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्यांक छरु। धानमा मात्रै एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । तरकारी र अन्य क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। पीडित किसानहरुले वडा कार्यालयमा गएर विवरण पेश गरेपनि सम्बन्धीत पालिकाहरुको ढिलासुस्तीका कारण किसानहरुले समयमै राहत पाउन सकेका छैनन ।
.gif)