आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

निर्मला पन्त हत्या प्रकरण : शंकास्पद एकजना पक्राउ


पश्चिम प्रेस
सोमबार, पुस १९ २०७८
  • 625
    Shares

  • images
    images
    निर्मला पन्त हत्या प्रकरण : शंकास्पद एकजना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी  निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना भारतीय नागरिलाई पका्रउ गरेकोे छ ।
    पक्राउ परेका ती व्याक्तिको डिएनए परिक्षणका लागि नमुना पठाइएको छ । निर्मला प्रकरणमा प्रहरी थुप्रै व्याक्तीको डिएनए परिक्षण र सोधपुछ गरेपनि घटनाको टुङ्गोमा पुग्न सकेको छैन । अहिले पनि प्रहरी यथेष्ट प्रमाणकै खोजीमै छ । प्रहरीले शंकाको आधारमा निर्मला पन्त घटना भएको ठाउँ नजिकै तरकारी खेती गर्ने भारतीय नागरीकलाई पका्रउ गरेपनि उनको संलग्नता पुष्टि हुने आधारको खोजीमा प्रहरी छ । प्रहरीले घटना सुल्झिने खालको कुनै पनि सबूत प्रमाण फेला पारेका छैन । घटनामा गथेष्ट प्रमाण बिना प्रहरी पहिले जस्तो हतार गर्ने पक्षमा छैन ।
    अहिले पनि जिल्ला प्रहरी कार्यालयमा निर्मला घटनाको अनुसन्धानका लागि प्रहरीको ठुलो जनशक्ति खटिएको छ । घटनामा जिल्ला प्रहरी कार्यालय,केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ । 
    २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा निर्मलाको शव फेला परेको थियो। घटना भएको एक महिनापछि भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलिप विष्टलाई सार्वजनिक गरेपछि निर्दाेषलाई फसाउन खोजिएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो। आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका शनि खुनाको ज्यान गएको थियो ।


    प्रतिक्रिया दिनुहोस