बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै


पश्चिम प्रेस
शुक्रबार, असोज १४ २०७९
  • 495
    Shares

  • images
    images
    ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै

    डडेल्धुरा । यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ ।  
     
     पर्यटन वर्षका अवसरमा सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तव्यमा परेको अमरगढी किल्ला जीर्ण बनेको छ । द्वन्द्वकालमा नेपाली सेनाको कब्जामा रहेको किल्लामा अहिले छाडेको छ । सेनाले छाडेपछि किल्लाको जीर्ण बन्दै गएको छ । गत वर्ष पुरातत्व विभागबाट किल्ला पुनःनिर्माण र मर्मतका नाममा  बजेटबाट किल्ला मर्मतभन्दा पनि बाहिरी सजावटमै खर्च हुँदै आएको छ । अमरगढी किल्ला विकास समितिले किल्लाको सबै जिम्मेवारी पाए पनि मर्मत तथा सुधारमा चासो दिएको छैन ।
     
     अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामकरण गरिएको हो । नगरपालिकाले स्थापनापछि विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा ल्याएको थियो । विसं २०५८ मा तत्कालीन माओवादी द्वन्द्वका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो । त्यसपछि किल्ला प्रवेशमा पर्यटकलाई प्रतिबन्ध लगाइएको थियो । विसं २०५८ देखि २०६६ सम्म किल्ला सेनाको मातहत रह्यो । स्थानीयको पटकपटकको प्रयासपछि २०६६ साल पुसदेखि किल्लाको नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो ।
     
     किल्लाभित्र रहेको ऐतिहासिक हातहतियार तथा तत्कालीन युद्धरत सैनिकका पोशाक राख्न, प्रचार गर्न जरुरी रहेको स्थानीय सुरेश थापाले बताउनुभयो । प्रत्येक आर्थिक वर्षमा नगरपालिकाले नगरभित्रका मुख्य पर्यटकीयस्थलको प्रचारका लाखौँ रुपैयाँ विनियोजन गरिएको नपाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # अमरगढी किल्ला
  • प्रतिक्रिया दिनुहोस