बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

अटो चलाएर छोरालाई एमबीबीएस,छोरीलाई नर्सिङ


पश्चिम प्रेस
बिहीबार , माघ २० २०७८
  • 3.9K
    Shares

  • images
    images
    अटो चलाएर छोरालाई एमबीबीएस,छोरीलाई नर्सिङ

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी गोमा चौधरी अटो रिक्सा चालक हुन । 
    मुक्त कमैया परिवारकी उनी परिवारको जोहो गर्न सीमापारिको वनबासा बजारबाट महेन्द्रनगरसम्म साइकलमा मालसामान क्यारिङ गर्थिन । केही वर्ष पहिला बजारमा अटो आएपछि उनले अटो चलाउने हिम्मत गरिन । उतिबेला महेन्द्रनगरमा अटो चलाउने महिला थिएननु थोरै मात्रामा अटो सञ्चालन हुन्थे । बजारमा अटो आएपछि उनले हिम्मत गरिन र क्यारिङको काम छोडेर अटो चलाउन थालिन ।
    अटो चलाएर उनले परिवारको दैनिकि मात्रै चलाएकी छैनन छोरालाई डाक्टरसमेत पढाएकी छन भने छोरीलाई  नर्सिङ  । उनी छोराको एमबीबीएस अध्ययनरतका लागि अटोबाटै पढाइ खर्च जुटाउछिन भने परिवारको खर्च पनि अटोकै कमाइले चलेको छ । अटो चलाएर गोमाले दैनिक एक÷डेढ हजार बचत गर्छिन । त्यही पैसाबाट उनले छोराको पढाइ शुल्क तिर्छिन । उनका छोरा सन्तोष युनिभर्सल मेडिकल कलेज भैरहवामा एमबीबीएस तेस्रो वर्षमा अध्ययन गरिरहेका छन । अढाइ वर्षमा ४० लाख बढी खर्च भइसकेको उनले बताइन । ‘अब दुई वर्ष मात्रै बाँकी छ, त्यो पूरा गर्न सके छोरा डाक्टर भएर आउछ ।’ उनले भनिन– ‘अहिले खर्च जुटाउन धेरै गाह्रो भएको छ ।’ गोमाका श्रीमान धनबहादुरले पनि गाउँमै मजदुरी गरेर अलिअलि खर्च जुटाउँछन ।

    क्यारिङ र अटो चलाएरै उनले भासीमा घरेडी किनेर घर बनाएका छन । घरमै सानो किराना पसल पनि थापेका छन । त्यसबाट पनि घर खर्च चलाउन सजिलो भएको उनी बताउँछिन  । चौधरीले छोरालाई मात्र होइन छोरीलाई नर्सिङ पढाएकी छन । उनकी छोरी अहिले बाजुराको कोल्टी स्वास्थ्य चौकीमा कार्यरत छिन । छोरीको विवाह भइसकेको छ । भाइलाई पढाउन उनले पनि सघाइरहेको गोमाले बताइन ।  सुरु सुरुमा अटो चलाउन निकै समस्या भएको उनी बताउछिन रातबिरात हिँड्नु पर्दा यात्रुहरूले नै जिस्क्याउने गरेको उनी सम्झन्छीन 


    प्रतिक्रिया दिनुहोस