सोमबार, कात्तिक ३ गते २०८३ || Oct 19, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा एकै दिन १० जनामा कोरोना संक्रमण


पश्चिम प्रेस
बुधबार, वैशाख ६ २०८०
  • 685
    Shares

  • images
    images
    कञ्चनपुरमा एकै दिन १० जनामा कोरोना संक्रमण

    महेन्द्रनगर । कञ्चनपुरमा बुधबार एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३१ जनाको परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेतीप्रादेशिक अस्पतालमा १ जनाको पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको हो ।

     स्वास्थ्य कार्यालयकाअनुसार गड्डाचौकी नाकामा भारतबाट घर फर्किनेमा ४ जनामा संक्रमण देखिएको छ । यसैगरी बेलौरी नगरपालिकामा पनि ४ जनामै संक्रमण देखिएको हो । कृष्णपुर र दोधारा चाँदनी नगरपालिकामा १—१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या १४ पुगेको छ। 
    कोरोना संक्रमणबाट कञ्चनपुरमा एक वर्षपछि यसै साता एक वृद्धाको मृत्यु भएको छ । वैशाख ३ मा कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा भीमदत्त नगरपालिका—१८ की ७३ वर्षीया वृद्धको मृत्यु भएको हो । यसअघि साउन १० मा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो ।

     

     


  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • प्रतिक्रिया दिनुहोस