बुधबार, कात्तिक ५ गते २०८३ || Oct 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएपछि


पश्चिम प्रेस
आइतबार, वैशाख १७ २०८०
  • 521
    Shares

  • images
    images
    बैतडीमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएपछि

    बैतडी । बैतडीमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । जिल्लाको पाटन नगरपालिकामा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको हो । पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो । 

    गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो ठाउँमा टाउकोको कपाल समेत रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको छ । 

    गिट्टी कहाँबाट ल्याएको हो भन्ने कुरा खुल्न बाँकी रहेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए । 


  • सम्बन्धित विषय:

  • # टाउको
  • प्रतिक्रिया दिनुहोस