आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

दुई दशकदेखी म्यूजिक भिडियो छायाङ्कनमा सक्रिय भीम


पश्चिम प्रेस
बुधबार, वैशाख २० २०८०
  • 780
    Shares

  • images
    images
    दुई दशकदेखी म्यूजिक भिडियो छायाङ्कनमा सक्रिय भीम

    महेन्द्रनगर । पन्ध्र वर्षको उमेरमै बुबाआमा गुमाएपछि टुहुरो बनेका बझाङ खप्तड छान्ना गाउँपालिका देहलीका भीम थापा धनगढी झरे । किशोरावस्थामै अभिभावक गुमाएपछि दाजु वीरबहादुर थापाको आश्रयमा अध्ययनसँगै करिब ६ वर्ष अध्यापनमासमेत खर्चिएका थापा विगत २२ वर्षदेखि भने सुदूरपश्चिममा देउडा, आधुनिक र लोकदोहोरी गीतका साथै कुमाउँनी गीतमा म्युजिक भिडियोमा निर्देशन गर्ने पाका निर्देशक हुन ।

    धनगढीमै छँदा सङ्गीत क्षेत्रमा २०५० को दशकमा लागेका थापाले २०५८ सालदेखि व्यावसायिक रुपमा म्युजिक भिडियो निर्देशन गर्दै आएका छन । म्युजिक भिडियो छायाङ्कनका क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै जिल्ला र भारतको कुमाउँ, गढवाल, नैनीताल, पिथौरागढ, लुहाघाट लगायतका क्षेत्रमासमेत पुगिसकेका थापाले दुई दशकको अवधिमा धेरै गीतमा म्युजिक भिडियो निर्देशन गरिसकेको बताए ।

    “काठमाडाँैमा दुई वर्ष निर्देशन सिकेपछि आफ्नै ठाउँ, परिवेश, कला, संस्कृतिको संरक्षण र ज्ञान अनुभव लिन सुदूरपश्चिम फर्किएपछि निर्देशनमा लागेँ”, थापाले भने, “ यहाँ खप्तड डिजिटल म्युजिक सेन्टर र खप्तड फिलिम्समा पनि आवद्ध छु ।” यहाँका भाषिक चलचित्रका कोरियोग्राफ समेत गरेका ४४ वर्षीय थापाले विगत भन्दा अहिले म्युजिक भिडियो छायाकङ्न र निर्देशनमा डिजिटल क्षेत्रमा भएको फड्कोले सहज भएको बताए ।“दुई दशकअघि सुदूरको देउडालाई भिडियोमा ल्याउने कामको सुरुवात गरे”, उनले भने, “ त्यो बेला सुदूरमा देउडा गीतमा म्युजिक भिडियो यही बनाउने माहोल नै थिएन ।”

    “हामीले सुरुवात गर्दा एउटा म्युजिक भिडियो बनाउन पाँच÷छ दिनसम्म समय लाग्थ्यो”, उनले भने, “ अहिले त प्रविधिको विकासले एकै दिनमा दुई वटासम्म म्युजिक भिडियो बनाउन सकिने भयो ।”  उनले २०५८ सालतिर म्युजिक भिडियो छायाकङ्नमा महिला कलाकार पाउनै मुस्किल हुने गरेको बताए । “पहाडमा देउडा गीतमा छायाकङ्न गर्दा यहाँको त्यो बेलाको पछैटेपनका कारण दुव्र्यवहार पनि सहनुपरेको थियो”, उनले भने, “ अहिले त सोचदेखि लगानी गर्ने वातावरण पनि विकास भएको छ ।” उनले निर्देशनका सुरुवातमा रु पाँचसय देखि रु एक हजारसम्म पारिश्रमिक पाए पनि अहिले गीत हेरेर, कलाकारको अवस्था र लगानीको पाटो हेरेर पारिश्रमिक लिने गरेको जानकारी दिए ।

    “सुदूरपश्चिमकै सरोफेरोमा रहेर म्युजिक भिडियो निर्देशन गर्दैगर्दा हाम्रो कला, संस्कृति र पहिचान सिक्ने अवसर पनि पाएँ”, उनले भने, “ कलाकारिताबाट आएको पारिश्रमिकबाटै तीन छोराछोरी काठमाडाँैमा पढाउन सकेको छु ।” विभिन्न पुरस्कारबाट पुरस्कृत हुनुभएका थापाले व्यावसायिक रुपमा कलाकारितामा सक्रिय रहे सफलता हासिल गर्न सकिने बताए । “परम्परागत रीतिरिवाज र संस्कृतिसित जोडिएको फाँटमा काम गर्न आनन्द नै आउछ”, उनले भने, “ देउडा गीतमा सुरुवातमा छायाकङ्न गर्दाको दुखः अहिले व्यक्त गरेर सम्भव नै छैन् ।” आफू  ६÷सात महिनाको हँुदा बुबा र पन्ध्र वर्षको हुँदा आमा गुमाएका थापाको मुख्य कर्म नै म्युजिक भिडियो निर्देशन हो । “ काठमाडौँमा निर्देशन सिकेपछि सुदूरमा छायाकङ्नको संस्कार नै छैन यतै बस् भन्ने पनि थिए”, उनले भने, “ गृह प्रदेश फर्किएर मेहनत गर्दा म्युजिक भिडियोमार्फत सुदूरलाई छुट्टै रुपमा चिनाउन पनि सक्यौँ ।”

    त्यसैगरी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुरका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामीले सुदूरपश्चिममै अनुभवी निर्देशक पाउँदा म्युजिक भिडियो बजारमा ल्याउन सहज र कम खर्चिलो भएको बताए । “मौलिक देउडाको निर्देशन सबैले गर्न सक्दैनन”, अध्यक्ष धामीले भने, “त्यसका लागि अनुभवी र वास्तविकता बुझेको हुनुपर्छ ।”  उनले निर्देशक थापाको लामो अनुभव र सक्रियताका कारण सुदूरपश्चिमको कला संस्कृति जगर्नेमा टेवा पुगेको बताए ।


  • सम्बन्धित विषय:

  • # भीम थापा
  • प्रतिक्रिया दिनुहोस