मंगलबार, कात्तिक ४ गते २०८३ || Oct 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी


पश्चिम प्रेस
आइतबार, साउन २८ २०८०
  • 1.4K
    Shares

  • images
    images
    कञ्चनपुरमा वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी

    महेन्द्रनगर ।  कञ्चनपुरमा वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको छ । जिल्लाको भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जनाविरुद्ध जाहेरी दर्ता भएको हो। 

    घाइते वडाध्यक्ष रविन्द्र देवकोटाकी आमा कमलाले दिएको जाहेरी आइतबार दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले जाहेरी दर्ता भएको र आरोपितहरुलाई पक्राउ गरिने बताए । शनिबार दिउँसो युवा संघको जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा असन्तुष्ट समूहले अध्यक्ष देवकोटमाथि आक्रमण गरेको थियो ।

    हाल उनको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धनगढीबाट पनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले शुक्रबार अधिवेशनको उद्घाटन गरेका थिए । उनले नै घोषणा गरेको युवासंघको कमिटीको विरोधमा अर्को समूहले समानान्तर कमिटीसमेत गठन गरेको छ । त्यसअघि निर्वाचन कार्यतालिका तथा मतदाता नामावली टाँस्ने बेला अध्यक्ष देवकोटामाथि आक्रमण भएको हो ।


  • सम्बन्धित विषय:

  • # जाहेरी
  • प्रतिक्रिया दिनुहोस