बैतडी । सर्पको टोकाइबाट बैतडीका एक किशोर गम्भीर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका-१ बगजेबलाका १७ वर्षीय सुजल दयाललाई सर्पले टोकेको हो ।
शुक्रवार बेलुका घरनजिकै बाटोमा हिँडिरहेका बेला सर्पले सुजलको दाहिने खुट्टाको औँलामा टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
.gif)