काठमाडौं । पल शाहले नेपालको कानुनको सम्मान गर्दै प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन । आईतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफै प्रहरीसामु जाने बताएका छन ।
उनले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेको र आफ्नो फिल्म म यस्तो गीत गाउँछु –२ देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेरको बताएका छन । प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन । एक नाबालिका गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोप लगाउदै प्रहरीमा किटानी जाहेरी दिएकी छन ।
.gif)