काठमाडौँ । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आजदेखि ‘सुईना’ नाटक प्रदर्शन हुने भएको छ । असार १२ गते देखि १७ गतेसम्म हरेक साँझ प्रदर्शन हुने उक्त नाटक आज (बुधवार) साँझ ५ः३० बाट सुरु हुनेछ ।
२.० एक्रो थिएटर कार्यशालाबाट तयार भएको नाटक ‘सुईना’मा ७ वटा कथा रहेका छन् । जसमा खिस्सा, होस्टेल, यात्रा, खरबुजा, उडान, मरिजाउन र सुनसान समावेश छन् । कथाहरू फरक फरक भाषा मार्फत प्रदर्शन गरिने जनाइएको छ । ‘हामी सबैको जीवनमा आफ्नै अविष्मरणीय क्षण हुन्छ, कथा हुन्छ,विगत हुन्छ, सपना हुन्छन् र भविष्यका सपना पनि (सुईना) पक्कै हुन्छन् । तर वर्तमानमा हामीलाई तिनै कथा तथा सुईनाले तानिरहेको हुन्छ होला सायद ! यिनै सुईनालाई , कथालाई हामी वर्तमानमा रहेर भन्दा कस्तो होला त ? भन्ने कौतुहलताले गर्दा नाटक सुईना तयार भयो ।’ नाटक ‘सुईना ’का कलाकार मध्य एक कलाकार ललित बडूले पश्चिम प्रेससँग भने ।
नाटक तथा कार्यशाला रङ्गकर्मी पवित्रा खड्काको सहजकर्तामा तयार भएको हो । उनले सबैमा नाटक हेर्न आग्रह गरेकी छिन् ।
.gif)