आइतबार, कात्तिक २ गते २०८३ || Oct 18, 2026
  • यो साता चर्चामा :

‘नमेटिने घाउ’का नयाँ पोस्टरमा पूर्वशिक्षामन्त्री पौडेल र ज्ञानेन्द्र शाही पनि


पश्चिम प्रेस
मंगलबार, साउन २९ २०८१
  • 451
    Shares

  • images
    images
    ‘नमेटिने घाउ’का नयाँ पोस्टरमा पूर्वशिक्षामन्त्री पौडेल र ज्ञानेन्द्र शाही पनि

    काठमाडौँ । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक एक पोस्टरमा पूर्वशिक्षामन्त्री तथा सांसद देवेन्द्र पौडेल र अर्कोमा ज्ञानेन्द्र शाही देख्न सकिन्छ।

    दुवै जनालाई पोस्टरमा विशेष स्थान दिइएको छ।  यसअघि फिल्मको ट्रेलरसमेत रिलिज भइसकेको छ। साथै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भएको पोस्टर सार्वजनिक गरिसकिएको छ।

    यो फिल्म एसिड आक्रमणमा परेका ३३ जनाको वास्तविक घटनामा आधारित रहेको जनाएको छ। फिल्ममा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपाल, सांसदद्वय शाही र पौडेल पनि विशेष भूमिकामा छन्।

    फिल्ममा पर्साकी तेजाबपीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाललगायतले अभिनय गरेका छन्। यो फिल्म आगामी भदौ ७ गते रिलिज हुँदै छ।


    प्रतिक्रिया दिनुहोस